पोखरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर घाइते

पाेखरा | भदौ ५, २०८१

पोखरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर घाइते

पोखरा:   पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर सारु घाइते भएका छन् । 


नगर बसले ग १२ प ९८५० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँको देवघाट गाउँपालिका घर भएका भिम बहादुर सारु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


ट्राफिक कार्यालय कास्कीका अनुसार दुर्घटनास्थलमा सँगै दुईवटा बस भएकाले कुन बसले ठक्कर दिएको भन्ने खुल्न नसकेको जनाएको छ । थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 


मोटरसाइकल चालक सारुको कम्मर र खुट्टामा चोट लागेको छ । उनको सृजनाचोकस्थित मेट्रासिटी अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउँदै 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्